विराटनगर, २५ भदौ । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाउनुभएको हो ।
यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उहाँको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्