जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार १६:२३

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : झलनाथ खनाल


जनकपुरधाम, २७ भदौ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिनुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग उहाँले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिनुभएको हो ।

आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने भन्दै उहाँले संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउनुभयो । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।