जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार १२:३९

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीलगायत पशुपति आर्यघाटमा


काठमाडौं, २८ भदौं । दिबगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएको नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाको सभामुख देवराज गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष नेताहरू र नेपाल सरकार उच्च पदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुग्नुभएको छ ।

पार्टीका नेता तथा शुभचिन्तहरुले यतिखेर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिईरहनुभएको छ ।