जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार ११:००

भारतमा पनि राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने चलन (भिडियोसहित)


काठमाडौं, वैशाख २१

सरकारको नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्यको पछि अहिले समाजिक सञ्जाल तातेको छ । कसैले राष्ट्रपतिले मेरो सरकार भन्ने भनेर प्रतिक्रिया दिएका छन् भने कतिपयले यसलाई सहि पनि भनेका छन् ।

कसैले कहि नभई चलन चलाएको त कसैले राजाको जस्तो चलन चलाएको भन्दै आक्रोश पनि पोखेका छन् । तर, यो नौलो नभई विश्वव्यापी चलन रहेको भेटिएको छ । विश्वको सबैभन्दा ठुलो लोकतन्त्र भएको मुलुक मध्ये एक मानिने दक्षिणी छिमेकी राष्ट्र भारतमा पनि यो चलन रहेको छ । त्यहाका राष्ट्रपति डा. रामनाथ कोविन्दले संसदको सयुक्त सदनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘मेरे सरकार’ भन्ने शव्द पटक पटक प्रयोग गरिरहेका छन् । यो कुनै नौलो नभएर गणतान्त्रिक मुलुक भारतमा भएको हो । तर, त्यहा त्यस शब्दको न विपक्षी न सत्तापक्ष कसैले पनि विरोध गरेनन् ।

यो हेर्नुहोस भिडियो