दैलेख, भदौं, २८ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सावित्री मल्ल नेकपा एमालेमा फर्कन लाग्नुभएको छ ।
नारायण नगरपालिकाको उपप्रमुख भएको समयमा नेकपा एस रोज्नुभएकी नेतृ मल्ल असोज १० गते सुर्खेतमा आयोजना हुने एमाले प्रथम प्रदेश अधिवेशनमा केपी ओलीको उपस्थितिमा एमाले फर्कन लाग्नुभएको हो । उहाँले आज सामाजिक सञ्जालमा नेकपा एस त्याग गरेको पोस्ट समेत गर्नुभएको छ – ‘राजनीति मा थकाइ भन्ने शब्द हुदैन तर आजका मिति देखि नेकपा (एकिकृत समाजबादी) पार्टी को सकृय राजनीति बाट विश्राम लिने निर्णय गरियो ।’
पछिल्लो समय नेकपा एसमा लागेका नेता कार्यकर्ताहरु एमालेमा फर्कने क्रममा तीव्रता आएको छ । केहि दिन अघि मात्रै नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालसहितको टिम पनि एमालेमै फर्किएको थियो ।













प्रतिक्रिया दिनुहोस्