काठमाडौं, २९ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्नुहुनेभएको छ । प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा जानकारी गराउँनुहुनेछ ।
समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उहाँले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्