सिन्धुपाल्चोक, भदौ ३० । सिन्धुपाल्चोकका अखिलका दुइ नेताको निधन भएको छ ।
मेलम्चीबाट सांगठनिक काममा बाह्रविसे जाने क्रममा बलेफीमा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नविन पाण्डे र जिल्ला कमिटि सदस्य समिर दोङको मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।
खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकल ठक्कर दिदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ । टयाङकर र चालकलाई बनदेउ प्रहरीले नियन्त्रणमा राखेको छ ।













प्रतिक्रिया दिनुहोस्