जनता टाइम्स

३० भाद्र २०८०, शनिबार १९:२१

अपाङ्गता भएकी महिलामाथि सामूहिक बलात्कार


स्याङ्जा, ३० भदौ । ३२ वर्षीया अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।

भदौ २० गते भएको घटनापछि प्राप्त उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले बताउनुभयो ।

बौद्धिक अपाङ्गता भएकी महिलालाई घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिनुभएको थियो । जिल्ला अदालत स्याङ्जाबाट सात दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।