रामेछाप, असोज १। नेकपा एमालेको वाग्मती प्रदेश अधिवेशनका लागि रामेछापबाट केन्द्रीय सदस्य कैलाश ढुंगेलसहित प्रतिनिधि चयन हुनुभएको छ । असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनका लागि रामेछापका सबै पालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चुनिएका छन् ।
रामेछाप जिल्लाबाट पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेल सहित ८१ जना प्रतिनिधि सर्वसम्मत चुनिएका नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो । पार्टीको प्रदेश अधिवेशनका लागि भदौ ३० गतेसम्म प्रदेशका सबै जिल्लामा अधिवेशन प्रतिनिधि छनोटको समय तोकिएको थियो । निर्धारित समयसीमा भित्रै प्रतिनिधि छनोटको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
प्रदेश अधिवेशनमा सहभागी हुने वा उम्मेदवार बन्न चाहने केन्द्रीय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यले पनि आफ्नो सदस्यता रहेकै पालिकाबाट प्रतिनिधि बनेर आउनु पर्ने व्यवस्था छ । सोही प्रावधान अनुसार ढुङ्गेल पनि प्रतिनिधि बन्नुभएको हो ।
ढुङ्गेलले पार्टीको प्रदेश अध्यक्षका लागि दाबी गर्नुभएको छ । वाग्मती प्रदेशका संस्थापक आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ढुङ्गेल रामेछापको खाँडादेवी गाउँपालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चुनिनु भएको छ ।
वाग्मती प्रदेश सभा प्रतिनिधिमा अर्का केन्द्रीय सदस्य मकवानपुरका कृष्णप्रसाद दाहाल पनि चुनिएर आउनुभएको छ । त्यस्तै पार्टीको वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठ पनि अध्यक्षको दाबेदार हुनुहुन्छ ।
यी हुन् रामेछापबाट अधिवेशनका प्रतिनिधि
मन्थली नगरपालिका
मायाकुमारी कार्की, राधिका खड्का, शान्ता न्यौपाने सुवेदी, ईश्वरी बस्नेत, हर्कमाया माझी, कृष्णहरि अधिकारी, लब श्रेष्ठ , ध्रुवकुमार कार्की, गोपाल श्रेष्ठ, रमेशकुमार बस्नेत, प्रकाशकुमार कार्की, रामबाबु घिमिरे, कुमार ढुङ्गेल खत्री, शंकरबहादुर थापा, राजेन्द्र चौहान, गणेश कार्की , प्रवल सुवेदी ।
रामेछाप नगरपालिका
सिताकुमारी खत्री, भूपालराज श्रेष्ठ, उमेशविक्रम थापा, रोशन पाख्रिन, कुवेरकुमार श्रेष्ठ ।
खाँडादेवी गाउँपालिका
कैलाशप्रसाद ढुङ्गेल, प्रेमबहादुर खड्का, प्रेमबहादुर तामाङ, ज्ञानकुमार श्रेष्ठ, केशरबहादुर बुढाथोकी, श्यामकृष्ण श्रेष्ठ, इन्द्रबहादुर तामाङ, केशवकुमार प्रधान, पुष्करकुमार कार्की, सोमप्रसाद मैनाली, मखमली श्रेष्ठ, रमा घिसिङ, अनिता तामाङ राई ।
लिखु तामाकोशी गाउँपालिका
कमलप्रसाद कडरिया, उद्धवप्रसाद कडरिया, जगन्नाथ दाहाल, पुष्पराज पौडेल, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल, दीपशिखा दाहाल, दिपा पाख्रिन ।
उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, गंगादेवी कार्की, पर्शुराम बस्नेत, कुमार कार्की, लीलामाया सुनुवार, दोरम्बा शैलुङ गाउँपालिका , तुलप्रसाद कँडेल, टंकप्रसाद चौलागाई, मिलनकुमार घिसिङ,जनककुमार राना, नवराज गौतम, नेत्रबहादुर थापा मगर, जीतबहादुर थापा मगर, सुभद्रा कँडेल पाठक, जानुका चौलागाईं ।
सुनापति गाउँपालिका
ज्ञानकुमार योञ्जन, पाल्देन लामा, ईलक सिं तामाङ, भुवनविक्रम घिमिरे, विमला ग्यापक ।
गोकुलगंगा गाउँपालिका
शान्तिप्रसाद पौडेल, बुद्धिबहादुर कार्की, अर्जुन कार्की, महेशलाल प्रधान, सुजन कार्की, ज्ञानबहादुर खड्का, ललिता गुभाजु, अनिता कार्की ।
उत्पीडित
रेणुका खाती, पवित्रा महते सेवा, गणेश बिक, कूलबहादुर रोका, नीलहरि राम, नेत्रबहादुर विश्वकर्मा, टकबहादुर घतानी, गोपाल नेपाली दर्जी, सुर्तलाल विश्वकर्मा, सिताराम लोहार, घनश्याम सार्की ।
प्रतिक्रिया दिनुहोस्