काठमाडौं, असोज ३ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ कार्ययोजनासहित राष्ट्रलाई जनताको सपनासँग जोडने कार्यमा लाग्न सवैमा अपिल गर्नुभएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो अपिल गर्नुभएको हो ।
‘नेपाली समाजमा सदियौंदेखि कायम रहेको सामाजिक सदभाव र सहिष्णुता बिथोल्ने नेपाली जनतालाई एकअर्काबिरुद्ध उभ्याउने र राष्ट्रलाई बनाउने अवान्छित प्रयाशहरुसमेत हुन सक्दछ । यस्ता संवेदनशील बिषयहरुमा गम्भीर चिन्तन र आत्मसमिक्षा गर्दै बिगतका कमीकमजोरीहरुमा सुधार गर्ने तथा आगामी दिनमा नयाँ कार्ययोजनासहित राष्ट्रलाई जनताको सपनासँग जोडने कार्यमा लाग्न हामी सवैलाई संबिधान दिवसले अभिप्रेरित गर्नेछ भन्ने बिश्वास ब्यक्त गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले नेपालको संबिधानले सवै प्रकारका सामाजिक बिभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको पनि बताउनु भएको छ ।














प्रतिक्रिया दिनुहोस्