काठमाडौं, ३ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताउनुभएको हो ।
देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उहाँको भनाइ छ ।
संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिनुभएको उहाँले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उहाँले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्