जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १२:०९

पेट्रोल डिजेल र मट्टितेलको भाउ घट्यो


काठमाडौं, भदौ २४

सरकारले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको हो ।

नेपाल आयल निगम संचालक समितिको बैठकले पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ ।