जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १२:५१

चाँडै नेपाल आउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, लोभ लाग्दो सक्रियता भन्दै खुलेर गरे ओलीको प्रशंसा


काठमाडौं, भदौ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल भ्रमणमा आउने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आजको भिडियो सम्वादमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रकृतिसँग रमाउन आफू चाँडै नेपाल आउने प्रयाशमा रहेको जानकारी समेत दिनुभयो ।

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोलाई आफूले हार्दिकतापुर्वक स्वीकार गरेको बताउनु भयो । ‘तपाईले मलाई फेरि एक पटक काठमाडौं आउनका लागि निमन्त्रणा दिनुभएको छ, म विल्कुल यस्तो कुरालाई निक्कै महत्व मान्छु,’ प्रधानमन्त्री ओलीसँग मोदीले भन्नुभयो, ‘मेरो पनि इच्छा छ, तपाईहरुको विचमा आउन । म सकभर चाँडो तपाईहरु माझ आउने प्रयास गर्नेछु ।’

मोदीले प्रधानमन्त्री ओलीको पनि खुलेर प्रशंसा गर्दै स्वास्थ्यलाभको कामना गर्नुभयो छ । ‘म सधै तपाईको उत्तम स्वास्थ्य, अभुतपूर्व सक्रियता र नेपाल–भारत सम्वन्ध जोड्नका लागि हरेक प्रकारले शुभकामना गर्दुछ,’ मोदीको भनाई थियो । उहाँले नेपालको विकासका लागि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता पनि पुनः दोहोर्याउनु भयो ।