जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १७:१५

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी


काठमाडौं, ३ असोज । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा. शेखर कोइरालाले चेतावनी दिनुभएको छ । मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले आज धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिनुभएको हो ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिनुभएको हो ।

जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताउनुभएको छ । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।