जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १६:३८

मेरा मित्र ओलीजी, आपसी विश्वास पक्का भएको छ, चाँडै भेट्न आउँछु : मोदी (संबोधनको पूर्णपाठ)


काठमाडौं, भदौ २४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध साँच्चीकै नयाँ उचाइमा पुगेको र सो काममा प्रधानमन्त्री केपी शर्मा ओलीको उल्लेखनीय भुमिका रहेको भन्दै खुल्ला प्रसंशा गर्नुभएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उदघाटनको क्रममा भिडियो सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो भनाई राख्नुभएको हो । सिंहदरबारबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतको नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री मोदीले स्वीच अन गरेर दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइनको उदघाटन गरेपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।

उदघाटनलगत्तै पहिला प्रधानमन्त्री ओलीले छोटो मन्तव्य राख्दै भारतीय सहयोगको प्रशंसा गर्नुभयो । उहाँले भारतले गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोगको प्रतिवद्धताका लागि भारतको प्रशंसा गर्नुभयो । विकास अभियानमा भारतसँग साथसाथै अघि बढ्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुभयो । सो क्रममा मोदीले प्रधानमन्त्री ओलीको खुलेरै प्रसंशा गर्दै चाँडे नेपालमा भेटन आउने अठोट गर्नुभयो ।

यस्तो छ मोदी सम्बोधन

मलाई खुशी लागेको छ कि हाम्रो संयुक्त प्रयासबाट हाम्रा दुईपक्षीय प्रजेक्टहरुले प्रगति गरिरहेका छन् र आज हामी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उदघाटनमा भाग लिइरहेका छौं । भारत र नेपालका वीचमा शदिऔं पुरानो पारिवारिक र सांस्कृतिक नाता छ । यो ‘पिपुल टु पिपुल रिलेसन’ हाम्रो दुईपक्षीय सम्बन्धको आधार हो । पछिल्ला केही वर्षमा हामीवीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ । र, नियमित सम्पर्क भइरहेको छ ।

पछिल्ला वर्षहरुमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मेरो चार पटक भेटघाट भइसकेको छ । यी भेटघाटमा आपसी विश्वास पक्का भएको छ । अब परस्पर हितका आधारमा हाम्रो साझेदारी मजबुद भएको छ । विकासका लागि हाम्रो साझेदारीलाई अरु सक्रिय बनाउने र थप नयाँ–नयाँ क्षेत्रमा सहयोग बढाउनका लागि हामीले नयाँ–नयाँ अवसरको लाभ पनि उठायौं । हाम्रो संयुक्त प्रयासको उद्देश्य हो कि हाम्रा जनतालाई लाभ प्राप्त होस । उनीहरुको विकास होस । परियोजनाहरु समयमा पूरा हुने हाम्रा दुवै सरकारका प्रथमिकता हुन । पछिल्ला पाँच वर्षमा हामीले महत्वपूर्ण द्वीपक्षीय परियोजनाहरु पूरा गरेका छौं । यो बहुत सन्तोषको विषय हो ।

दक्षिण एशियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन समयमै पूरा भयो । नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट समयमै पूरा भयो । यो पाइपलाइनबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन क्लिन पेट्रोलियन प्रोडक्ट नेपालका सामान्य जनताले प्राप्त गर्नेछन । मेरा लागि यो खुशीको कुरा हो कि आज यो पाइपलाइनको उदघाटनपछि आर्थिकरुपबाट बचत हुनेवाला छ । यहाँहरुले मूल्य घटाउने योजना पनि घोषित गरिदिनुभयो । एक प्रकारले यो काम नेपालको सामान्य नागरिकको भलाइका लागि भएको छ । नेपाली जनताको भलाइ हुने यस काममा हामीलाई पनि साँक्षी बन्ने मौका मिल्यो । भागिदार बन्ने मौका मिल्यो ।

सन् २०१५ को विनासकारी भूकम्पपछि जब नेपालको पुनर्निर्माण अघि बढेको थियो, तब भारतले छिमेकी तथा निकट मित्रका नाताले आफ्नो हात सहयोगका लागि अगाडि बढायो । मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ ।

हामीले आफ्नो साझेदारीलाई अरु बढाउनका लागि एउटा महत्वाकांक्षी एजेण्डा निर्धारित गरेका छौं । मलाई खुशी छ कि हामी आफ्नो सहयोगका सबै क्षेत्रमा सन्तोषजनकरुपले प्रगति गरिरहेका छौं । हाम्रा विदेशमन्त्रीले काठमाडौंमा आपसी सहयोगका सबै क्षेत्रमा कुारकानी गरेका छन् । मलाई उम्मीद छ कि साझेदारीलाई अरु व्यापक बढाउने र सहयोगका विविध क्षेत्रमा अगाडि बढ्नेछौं । विकासको साझेदारीका साथ अघि बढ्नका लागि म आज फेरि एकपटक आफ्नो प्रतिवद्धता दोहोर्याउन चाहन्छु ।

मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ

यो महत्वपूर्ण कार्यक्रममा भिडियो लिंकबाट मसँग जोडिने यहाँले जुन समय निकाल्नुभयो, म धेरै खुशी भएँ । म हमेसा तपाईको उत्तम स्वास्थ्य, अभूतपूर्व सक्रियता र भारत–नेपाल सम्बन्धलाई जोडनका लागि हरप्रकारले धेरै–धेरै शुभकामना व्यक्त गर्दछु । यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, म विल्कुल यहाँसमक्ष आउन मेरो इच्छा पनि छ । म धेरै चाँडो आउने प्रयास गर्नेछु । यहाँलाई धेरै–धेरै धन्यवाद ।