काठमाडौं, ५ असोज । सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाउनुभएको छ ।
उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताउनुभयो । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उहाँले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताउनुभयो । साथै उहाँले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्