काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो । बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता भएको हो ।
गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्