काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभाागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति वाइडेनबीच आज भेटवार्ता भएको हो ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा राष्ट्रपति बाइडेनले स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डसँग संक्षिप्त कुराकानी गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बाइडेनबीच अनौपचारिक भेटवार्ता भएको हो । रिसेप्सनमा सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गर्ने क्रममा बाइडेनले प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्