जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १३:५०

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा


कराँची, ६ असोज । पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप छ । पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो ।

एफआईएले आरोपितहरू विरुद्ध दर्ता गरेको एफआईआरमा जमीलले ट्विटरमा डरलाग्दो फोटो, भिडियो र ट्वीटहरू पोस्ट गर्ने गरेको बताएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार आरोपित पत्रकारले गलत र भ्रामक जानकारी साझा गर्दै आएको र त्यो नरोकिएपछि पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार उनको यो व्यवहारले जानजानी गलत व्याख्या गरी राज्य विरोधी लेख लेख्ने मात्रै काम गरेनन्, उनको कार्यले नागरिकमा डरसमेत पैदा गराउने कार्य गरियो ।