जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १६:४८

शिल्पा सेटठीको फिल्मले ३० लाख पनि गरेन व्यापार


मुम्बई, ६ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा रिलिज भएको छ । यो फिल्म विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फॅमिली’ सँग टक्कर लिईरहेको छ । दुबै फिल्मले शाहरुख खानको जवानसँग सामना गर्नुपरेको थियो, जसका कारण बक्स अफिस खराब अवस्था देखिएको छ । सुखीको अवस्था निकै खराब छ । फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ ।

यो फिल्मले पनि १ करोडको व्यापार गर्न सकेन । शिल्पा शेट्टीको फिल्मको पहिलो दिनको अंक निकै कम छ । यो फिल्म पहिलो दिनमै बक्स अफिसमा असफल भएको छ । फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा जानकारी राखौं । सैकनिल्कको रिपोर्ट अनुसार शिल्पा शेट्टीको फिल्मले पहिलो दिन मात्र ३० लाख भन्दा कमको व्यापार गरेको छ ।

यो थोरैबाट सुरु भयो। सप्ताहन्तमा आम्दानी थोरै बढ्न सक्छ । अब करोड भित्र्याउन भने अलि गाह्रो हुन सक्छ । ‘द ग्रेट इन्डियन फेमली’ र शाहरुखको ‘जवान’ दुवैका कारण ‘सुखी’को अवस्था नाजुक बनेको हो । उता, विक्की कौशलको फिल्मले पनि खासै व्यापार गर्न सकेको छैन तर पनि सुखीभन्दा धेरै कमाएको छ । ‘द ग्रेट इन्डियन फेमली’ ले पहिलो दिन १ करोड ४० लाख रुपैयाँ कमाएको छ ।

अर्कोतर्फ शाहरुख खानको जवानले दुवै फिल्मलाई कडा टक्कर दिइरहेको छ । जवान रिलिज भएको २ हप्ता भन्दा बढी भइसक्यो तर अझै पनि यो चलचित्रलाई कसैले पछाडी पार्न सकेको छैन् । ‘सुखी’ लाई सोनाली जोशीले निर्देशन गरेकी हुन् । फिल्ममा शिल्पासँगै कुशा कपिला, अमित साध, दिलनाज इरानी, ​​किरण कुमार, विनोद नागपालको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्म ३८ वर्षकी गृहिणीको कथा हो ।