जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १६:५८

सरकारले शिक्षामा लगानी गर्ने बातावरण बनाएन : योगेश भट्टराई


काठमाडौं, ६ असोज । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाउनुभएको छ । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको बाताबरण नबनाएकोसमेत आरोप लगाउनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गर्नुभयो ।