काठमाडौं, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नुभएको हो । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नुहुने छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्नुहुने छ । आज अपराह्न ४ बजे नेपाल—चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने हुनुहुने छ ।
बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुने छ । त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनुहुने छ। सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्