जनता टाइम्स

७ आश्विन २०८०, आईतवार १८:२९

अवैध औषधी बिक्रेता पक्राउ


कञ्चनपुर, ७ असोज । कञ्चनपुरमा अवैध औषधी बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षिय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए। चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई कार्वाहीकोलागी औषधी विभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले उक्त मेडिकलमा अवैध औषधी फेला पारेको हो । साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।