जनता टाइम्स

८ आश्विन २०८०, सोमबार ०८:२६

सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु एक घाइते


सल्यान, ८ असोज । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् । कपुरकोट गाउँपालिका ३ चोर खोला बिहान ६ बजे राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च। १०२५ नं। को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते दाङ तुल्सिपुर उ।प।म।न।पा। २ बस्ने ३५ वर्षीय नारायण योगीलाई उपचारका लागि दाङतर्फ पठाउने कार्य भइरहेको छ ।