जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार ०९:१२

संविधान दिवस दिन बिर्तामोडमा नेकपाले भब्य कार्यक्रम गर्ने


बिर्तामोड, भदौ २५

संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने घोषणा गरेसँगै नेकपाले बिर्तामोडमा जनसभा गर्ने भएको हो ।

जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा कार्यकर्ताको बृहत सहभागितामा जनसभा गर्ने निर्णय गरेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो। जनसभामा झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थिति रहनेछ । सो कार्यक्रमलाई पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने पाठकले जानकारी दिनुभयो ।

जनसभामा पाँचवटै क्षेत्रबाट नेता कार्यकर्ता सहभागी हुने उहाले बताउनु भयो । संविधान दिवसको कार्यक्रम आयोजनाका लागि प्रेम गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । उपसंयोजकमा अरुण श्रेष्ठ र सदस्यहरुमा खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी , एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई , हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई र शिव ढुङ्गेल रहेका छन् ।

बैठकले संविधान दिवसका दिन स्थानीय स्तरमा असोज ३ गते बेलुका दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।