जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १७:०८

एसियाडको बक्सिङमा रबिनको जित


काठमाडौं, ८ असोज । एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन् ।

पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन् ।

राउन्डर अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले हराए ।

सोमबारनै ६६ केजी तौल समूहको राउण्ड अफ १६ मा नेपालकी बिनिता मगरले ताइवानकी चेन चिएनसँग भिड्नेछिन् ।

जुडोमा मनीता, जंग र पुनमको हार

सोमबार जुडोमा तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।

नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए ।

पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।