काठमाडौं, ८ असोज । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलो अन्तरले पराजित भएको छ ।
बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज सोमवार भएको समूह डी को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको जापानको दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १र१ गोल गरिन् ।
यो हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्