सुर्खेत, ९ असोज । सुर्खेतको वीरेन्द्रनगरमा १४ वर्षीया किशोरी बलात्कार गरी फरार दैलेख चामुण्डाबिन्द्रसैनी गाउँपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेल पक्राउ परेका छन् ।
कँडेलले गत ३० भदौमा युवतीको अपहरण गरी काँक्रेबिहार जंगलमा लगेर ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेका थिए । प्रहरीले विद्यालय जाँदै गरेकी किशोरीलाई कँडेलले अपहरण गरी अटोमा रिक्सामा राखेर जंगलमा लगी बलात्कार गरेको जनाएको छ ।
प्रहरीले घटनाको ६ दिनपछि दैलेखको एक होटलबाट पक्राउ गरेको सुर्खेत प्रहरीका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा कँडेलले एक वर्षअघि पनि सुर्खेतकै १९ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलासा भएको छ । विवाह गर्ने आश्वासन दिएर कँडेलले किशोरीलाई होटलमा लगेर पटकपटक बलात्कार गरेको खुलेको छ ।













प्रतिक्रिया दिनुहोस्