जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार ०७:२३

देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना


काठमाडौं, असोज ११ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका प्रदेशका पहाडी भूभागका थोरै र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।