काठमाडौं, असोज ११ । नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) की पत्नीले श्रीमानको पेस्तोलबाट आफैंलाई गोली प्रहार गर्नुभएको छ । गोली प्रहारबाट गम्भीर घाइते हुनुभएकी उहालाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उहाँको अवस्था गम्भीर रहेको काठमाडौंं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिनुभयो ।
महिलाको नाम लक्ष्मी चौधरी र उहाँका श्रीमान असई लक्ष्मण चौधरी भएको बताइएको छ । लक्ष्मण घरमा नभएका बेला लक्ष्मीले श्रीमानको पेस्तोलबाट गोली हानेको दाबी प्रहरीको छ । असई चौधरी राप्रपा सांसदसमेत हरेका पूर्वप्रहरी महानिरीक्षक समेत ध्रुवबहादुर प्रधानको निजी सुरक्षागार्ड (पिएसओ) का रुपमा कार्यरत हुनुहुन्थ्यो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्