जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार १७:१६

अखिल कप फुटसलको उपाधि शंकरदेवको पोल्टामा


काठमाडौं , ११ असोज । अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्वारा आयोजित अन्तर–कलेज क्याम्पसस्तरीय खुला पुरुष फुटसलको उपाधि शंकरदेव क्याम्पसको पोल्टामा परेको छ ।

असोज ८ गतेदेखि १० गतेसम्म चलेको खेलमा त्रिचन्द्र क्याम्पसलाई हराउँदै शंकरदेव क्याम्पसले उपाधि जितेको अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार खेलमा १६ वटा क्याम्पसका टिम सहभागी थिए । द्वितीय भने त्रिचन्द्र क्याम्पस भएको छ । प्रथम बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।

पुरस्कार भने असोज १६ गते वितरण गरिने उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यही असोज १६ गते बिहान ७ बजे आरआर क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदानसहित बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने छ ।’