जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार २०:३८

एमाले बागमती प्रदेशको मतदान सकियो : ११ सय ३१ मत खस्यो, ४१ मतदाता अनुपस्थित


काठमाडौं, असोज १२ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आज दिउसो १ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो ।

निर्वाचनमा ११ सय ३१ मत खसेको छ । एमाले बागमती प्रदेश अधिवेशनमा ११ सय ७२ जना प्रतिनिधि रहेका थिए । निर्वाचनमा ४१ मतदाता अनुपस्थित भएका छन ।

मतदान सकिएसँगै अवको डेढ घण्टामा परिणाम आउने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल प्यानलसहित अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो ।