विराटनगर, असोज १३ । नेकपा एमाले कोशी प्रदेशको सचिवमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भणडारीले सचिवमा मनोनयन दर्ता गराउनु भएको छ ।
प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी यसअघि नै दर्ता भइसकेको छ । निर्वाचन समितिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदान हुनेछ ।













प्रतिक्रिया दिनुहोस्