जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार ०८:०४

तीन कुने पुलबाट मोटरसाइकल खस्यो, दुई जनाको मृत्यु


काठमाडौं, १४ असोज । काठमाडौंको तीनकुनेमा मोटरसाइलक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ ।

शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी परिसर काठमाडौंले जनाएको छ ।