जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १२:१९

एमाले कर्णाली अधिवेशन : निर्वाचन सकिएको १६ घण्टापछि मतगणना सुरु


सूर्खेत, असोज १५ । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

वीरेन्द्रनगरमा भएको एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।

आज बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए तयारी नपुगेका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।

नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ६०९ जना मतदानमा सहभागी भएका थिए ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामारहनुभएको छ ।शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा उत्रनु भएको थियो ।