जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १४:१६

सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी बन्यो : केपी ओली


काठमाडौं, असोज १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गैरजिम्मेवार रहेको बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वकोगठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन्, मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो । सरकार चरमगैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएका छन् ।’ 

सरकारकै कारण विकास आयोजना रोकिएको र आयोजना सकिँएका भक्तानी पनि सरकारले नदिएकाे उहाँले बताउनुभयो ।