जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १६:३७

एसियाड : महिला भलिबलमा नेपाल भारतसँग पराजित


हाङझाउ, १७ असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद ९एसियाड० प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

नेपाल भारतसँग ३–१ को सेटले पराजित भएको हो । पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तर, त्यसपछिका दुई सेट भने नेपालले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले पुनः २५(२३ ले पराजित भयो । चौथो सेटमा भारतले नेपालमाथि २५–१७ को सहज जित निकाल्यो ।

नेपाल यसअघि समूह चरणको खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।