काठमाडौं, असोज २० । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् ।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा शीर्ष दशमा रहँदै गणेश फाइनलमा प्रवेश गरेको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
फाइनल चरणमा दश खेलाडीबीच आज दिउँसो प्रतिस्पर्धा हुनेछ । यसअघि हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए । फाइनल चरणमा शीर्ष तीनमा पर्ने खेलाडीले पदक पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्