जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १२:१२

एमाले दोलखाले प्रदेश कमिटीका पदाधिकारी र सदस्यलाई दियो बधाई


दोलखा, असोज २१ । नेकपा एमाले दोलखा जिल्ला पार्टीले वाग्मती प्रदेशका नव निर्वाचित पार्टी कमिटीका पदाधिकारी तथा जिल्लाबाट निर्वाचित नेताहरूको लागि बधाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

पार्टीको जिल्ला अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उहाँहरूलाई बधाई तथा स्वागत गर्दै कार्य सफलताको शुभकामना प्रदान गरिएको हो ।

पार्टीका जिल्ला संयोजक नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, उपाध्यक्ष दावादोर्जे लामा, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा र दोलखाबाट निर्वाचित १४ जना प्रदेश सदस्यहरूलाई बधाई दिइएको थियो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला कमिटीबाट पेस भएको वार्षिक कार्ययोजना पास भएको छ ।

कार्यक्रम प्रमुख अतिथि दोलखा इञ्चार्ज कमल चौलागाईँ, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, दोलखा प्रदेश क इन्चार्ज सरस्वती बस्नेत, ख इन्चार्ज रचना खड्का, प्रदेश पदाधिकारी लगायतले आआफ्ना मन्तव्य राख्नु भएको थियो ।