जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १२:५६

यू-१६ फुटबल टिम जोर्डन प्रस्थान


काठमाडौं, भदौ २६

एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन् ।

नेपालले यही भदौ २८ गते आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली टिम :

गोलरक्षक : मनोज दहाल, जेनियस के सी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

स्ट्राइकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई