दाङ, असोज २२ । दक्षिणी इजरायलमा भएको आक्रमणमा दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगी घाइते हुनुभएको छ । प्रवीणको खुट्टामा गोली लागेको र सोमबार अप्रेशन भैरहेको जानकारी आफूलाई आएको उहाँका बुवा निमबहादुर डाँगीले बताउनुभयो । गत शनिवार कोठामै बसेको समयमा प्रवीण आक्रमणमा परेको र पछि बङ्करमा गएर ज्यानसम्म जोगाएको प्रवीणले फोनमा परिवारलाई बताउनुभएको थियो । उहाँले म मरे पनि घरमा आमाको उपचार गराइदिनु भन्दै अनुनयसहितको पठाएको छोटो भिडियो सन्देश सामाजिक सञ्जालमा बाहिर आएपछि आफूहरू बेचैन हुनुभएका उहाँका बुवा निमबहादुरले बताउनुभयो । आइतबार बेलुका ७ बजे इजरायलमा १० वर्षदेखि बस्दै आएकी नेपाली महिलाको सहयोगमा छोरासँग कुरा भएपछि आफूहरूलाई केही राहत भएको उहाँको भनाइ छ।
स्थानीय विद्यालयमा शिक्षणमा आबद्ध निमबहादुर विद्यालय नगएर छोराको अरु केही खबर आउँछ कि भन्दै घरमै बस्नुभयो। फोनबाट र घरमै पनि सान्त्वना दिन उहाँको घरमा स्थानीय तथा आफन्तहरू आइरहेका छन्।
आउनेहरूको भिडले निमबहादुरको घर भरिएको छ तर गोडाको समस्याबाट पीडित प्रवीणकी आमा टङ्ककुमारी भने कसैसँग बोल्न सक्नुभएको छैन। विसं २०७५ सालदेखि बिएससी एजी पढिरहेका प्रवीण गत भदौ २६ गते ११ महिनाको अभ्यास शिक्षणका लागि इजरायल जानुभएको थियो ।
निमबहादुरले भन्नुभयो, ‘एक महिना नपुग्दै यस्तो घटना सुन्न पर्दा धेरै दुःखित छौँ। अहिले छोराको अप्रेशन भयो भन्नेसम्म सुनिएको छ। त्योभन्दा पछाडि केही कुरा भएको छैन।’
उहाँका अनुसार शनिबार घटना घटेपछि उनीहरुले यसबारे थाहा पाएका थिए। ‘हामी निकै चिन्तित थियौँ। शनिबार राति छोराको एउटा भिडिओ सामाजिक सञ्जालमा आएको रहेछ‚’ उहाँले भन्नुभयो ‚ ‘त्यो भिडिओ हामीले देखेपछि हाम्रो छोरा पनि परेछ भन्ने थाहा भयो।’
उहाँले भोलिपल्ट (आइतबार) छोरासँग छोटो कुरा भएको बताउनुभयो । ‘उ एकदमै रक्ताम्मे अवस्थामा थियो। छोराको त्यो अवस्था देखेपछि मैले उसलाई हेर्न सकिनँ‚’ उहाले भन्नुभयो ‚ ‘फेरि साँझ एक जना भगवानरूपी नेपाली दिदीले उसलाई उपचारमा सहयोग गरेपछि अब मेरो छोरा बाँच्छ भन्ने आश पलायो।’
तिनै दिदीले नै छोरालाई उपचार भइरहेको अस्पतालबाट अर्को अस्पतालमा लिएर अप्रेशन गराएको भनेर आफूलाई जानकारी दिएको उहाँले बताउनुभयो । उनहाँले भन्नुभयो , ‘बाबुका साथीहरूले फोन गरेका थिए( अप्रेशन भइसकेको छ‚ चिन्ता नलिनुहोस्।’ यसरी इजरायलमा आफ्ना छोरालगायत अन्य विद्यार्थीहरू छटपटाइरहेको अवस्थामा अहिलेसम्म सरकारले कुनै चासो नदिएको उहाँको गुनासो छ।
उहाँले भन्नुभयो ‘राजदूतावासमा फोन गर्दा फोन उठ्दैन‚ उठे पनि हामीलाई उल्टै थर्काउँछन्। त्यहाँ त्यसरि बसेका कसका कर्मचारीहरू हुन् ? देशका नेताहरूले आफन्त र नातेदारलाई मात्र राजदूतावासमा पठाउने गर्दा विदेशमा रहेका नेपालीहरूले यसरी दुःख पाइरहेका छन्।’ सरकार धनीका लागि मात्र भएको र गरिबका छोराछोरीहरूका लागि नभएको गुनासोसमेत गर्नुभयो । उहाँले भन्नुभयो , ‘यो अवस्थामा अहिले नेताहरूका आफन्त भए, रातलाई दिन र दिनलाई रात नभनि उद्धार गर्ने थिए तर हामी गरिबका छोराछोरी अहिले विदेशमा छटपटाइरहँदा कुनै वास्ता छैन। सुदूरपश्चिम विश्वविद्यालयमा पढ्ने दुईरअढाई सय विद्यार्थीमध्ये ४९ जना गरिबका छोराछोरी त्यहाँ गएका थिए।’उनीहरूलाई हेर्नु र उद्धार गर्नुको साटो सरकारले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्ने काम मात्र गरेर झारा टारेको उहाँले गुनासो गर्नुभयो ।कसरी आफ्ना नागरिकलाई छिटोभन्दा छिटो उद्धार गरौँ, कसरी तिनको उपचार गरौँ, कति हतास भएका छन् भन्ने बारेमा सरकारले कुनै चासो नलिएको उहाँको भनाइ थियो। स्था














प्रतिक्रिया दिनुहोस्