जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार १४:४९

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता हुने


पोखरा, २४ असोज । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने भएको छ ।

पोखरामा हुने उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहनेछ ।

पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।