काठमाडौं, असोज ३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
तालिकाअनुसार प्रतियोगिता कात्तिक ९ गते सोमबारदेखि सुरु हुनेछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
कात्तिक १० गते दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि प्लेअफका खेल सुरु हुनेछन् ।
तालिकाअनुसार मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते एलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।
तेस्रो संस्करणमा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुनेछन् ।
यसअघि सम्पन्न एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।













प्रतिक्रिया दिनुहोस्