जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०८:२४

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको अवशरमा रक्तदान कार्यक्रम


काठमाडौं, २७ भदौ । अन्तर्गत दोश्रो चरण कार्यक्रम यहि ०७६ भाद्र २४ गते देखि असोज ६ गते सम्म देशै भर संचालन भई रहेको छ । यसै सन्दर्भमा काठमाडौं स्थित नेपाली काँग्रेस सम्पूर्ण जिल्ला काठमाडौं सम्पर्क समितिहरुको आयोजनामा यहि भाद्र २८ गते शनिबार नयाँ बानेस्वर स्थित छक्कु बक्कु पार्क ( छक्कु बाक्कु मन्दिर अगाडी ) मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माको उपस्थिति हुनेछ । काठमाडौं क्षेत्र नं १ का प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पनि उपस्थिति हुनुहुनेछ । कार्यक्रमको शुरुवात प्रवक्ता दम्पती ९विश्वप्रकाश शर्मा र उहाँकी जीवनसंगिनी कविता शर्मा०ले रक्तदान गरि गर्नुहुनेछ । कार्यक्रम सम्पूर्ण सम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस ताप्लेजुङ्ग( काठमाडौं सम्पर्क समितिलाई सम्योजक तोकिएको हो क्ष् कार्यक्रमको तयारी पूरा भएको जानकारी दिदैं नेपाली काँग्रेस ताप्लेजुङ (काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराईले लोकतन्त्रप्रेमी सम्पूर्णलाई खुल्ला रक्तदानमा सहभागी भई रक्तदान गरि जीवनदान गर्नु हुनु समेत अपिल गर्नु भएको छ ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमको समापन रक्तदान गरेर गरेको थियो । उक्त रक्तदान कार्यक्रमको आयोजना नेपाली काँगेसका जिल्ला काठमान्डौ सम्पर्क सम्पर्क समितिको आयोजनामा नेपाली कांग्रेस ताप्लेजुङ्ग–काठमाडौं सम्पर्क समिति सम्योजक भै कार्यक्रममा तरुण दलका भुपेन्द्र रायमाझी सहित विभिन्न ब्यक्ती हरुले रक्तदान गर्नु भएको थियो । त्यसपछि नेपाली काँग्रेस पाल्पा– काठमाडौं सम्पर्क समिति र नेपाली काँग्रेस बझाङ्ग–काठमाडौं सम्पर्क समितिले कार्यक्रमको संयोजन सफलता पुर्वक समापन गर्नु भएको छ ।