जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १०:५७

शौच गर्न निस्केकी १६ वर्षिया किशोरीमाथी सामुहिक बलत्कार


महोत्तरी, भदौ २७

महोत्तरीमा शौच गर्न घर बाहिर निस्किएकी १६ वर्षिया किशोरी सामूहिक बलत्कारको सिकार भएकी छन् । सीमावर्ती गाउँपालिका समसी २ पर्सादेवाडकी १६ वर्षीया किशोरीको ४ जनाले डरत्रास देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना विहिवार साँझ करिब साढे ७ बजेतिरको हो । गाउँदेखि दक्षिण खुलामा शौच गर्न गएको मौकामा चारैजनाले उनलाई नियन्त्रणमा लिएका थिए । प्रतिवाद गर्न खोज्दा मुख थुनेर घिसार्दै धान खेतमा लगेर जबरजस्ती गरेको पीडितले प्रहरीमा बयान दिएकी छन् । घटनालगत्तै रुँदै–कराउँदै अस्तव्यस्त अवस्थामा गाउँ पुगेकी उनको रक्त श्राव भइरहेको थियो । परिवार र गाउँलेले जिज्ञासा राखेपछि बलात्कारबारे जानकारी गराएकी थिइन् ।

बलात्कारी ४ मध्ये २ सोही गाउँका भएकाले आफूले पहिचान गरेको र बाँकी २ लाई भन्ने चिन्न नसकेको पीडितले जनाएकी छन् । पहिचान गरिएका २ जना उनको नातामै पर्छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ परीक्षण गराई पीडितको बयानको आधारमा चारै जनाको खोजी भइरहेको बताए ।

किशोरीको स्वास्थ परीक्षण रिपोर्ट प्रहरीले प्राप्त गरिसकेको छ भने भेजाइनल स्वाव परीक्षणका लागि केन्द्रीय प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइको छ ।