जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १२:३८

सिद्धबाबामा गुडिरहेको जीप पहिरोमा पुरियो, चालकको मेृत्यु, ६ जना घाइते


पाल्पा, भदौ २७ । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज बिहान साढे १० बजेतिर बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियो समेत पुरिएको छ । घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो। एक महिना अघिमात्र सोही सडकमा पहिरो जाँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो । रातभरी परेको पानीको कारण सिद्धबाबामा पहिरो झरेको हो । पहिरोको कारण राजमार्गमा यातायात अवरुद्ध बनेको छ ।