जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार १६:००

युवा संघ नेपालले कात्तिक २५ देखि पब्जी प्रतियोगिता गर्ने


काठमाडौं, असोज ३० । नेकपा (एमाले) निकट भ्रातृ संगठन युवा संघ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।

मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।

खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताउनुभयो । उहाँले खेलको विजेतालाई दुई लाख, दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपियाँ पाउनेछ ।