जनता टाइम्स

४ कार्तिक २०८०, शनिबार १४:३७

कुशल र दीपेन्द्रको विस्फोटक ब्याटिङमा हङकङमाथि सानदार जीत निकाल्दै फाइनल पुग्यो नेपाल


काठमाडौं, कात्तिक ४ । त्रिदेशीय टि–२० सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले फाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरी फाइनल पुगेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ रनमा रोकियो । कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको थियो । त्रिकोणात्मक टी२० श्रृंखलाको तेस्रो खेलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख ९२०० र कप्तान रोहित पौडेल ९११० को विकेट गुमाउँदा नेपालको स्कोर ५५ र ४ थियो ।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । टी-२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।

मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।