काठमाडौं, कात्तिक ८ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्धको भ्रामक प्रचारको निन्दा र भत्र्सना गर्नुभएको छ ।
एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका प्रचार बिभाग प्रमुख गौतमले आज आफ्नो धारणा राख्दै ओलीबिरुद्ध राजावादी भरौटेहरुले अध्यक्ष ओलीबिरुद्ध आपत्तिजनक प्रचार गरेको भन्दै खेद ब्यक्त गर्नुभएको छ ।
‘राष्ट्रवादी अडान, मौलिक विकासका प्रणेता, समृद्ध नेपाल : सुखी नेपालीका मुख्य योजनाकारका विरुद्ध केही पुनरात्थानवादी, प्रतिगमनकारी कथित राजावादीका भरौटे, दलालहरुद्वारा गरिएको हमलाप्रति घोर भत्सर्ना र निन्दा गर्दछौं,’ गौतमले भन्नुभएको छ ।
उहाँले प्रायोजित रुपमा अध्यक्ष ओलीमाथि आक्रमण गरी कम्बोडिया टेलिकममा लगानी भएको दुश्प्रचार गरिएको बताउनु भएको छ । ‘घोर दक्षिणपन्थी, पुनराउत्थानवादी, राजावादी भरौटे तत्वहरुवाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौति दिन्छु,’ गौतमले भन्नुभएको छ ।
गौतमले ओली जस्तो राष्ट्रवादी र बिकाशको भिजन भएको नेताको बिरुद्ध गरिएको हर्कत तत्काल रोक्न चेतावनी पनि दिनुभएको छ । ‘ एउटा राष्ट्रवादी, विकाशप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल वनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस/दुस्प्रयास नगर्न चेतावनी दिन्छु,’ गौतमले भन्नुभएको छ ।
यस्तो छ गौतमको बक्तब्य
घोर भत्सर्ना र निन्दा !
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान, मौलिक विकासका प्रणेता, समृद्ध नेपाल > सुखी नेपालीका मुख्य योजनाकारका विरुद्ध केही पुनरात्थानवादी, प्रतिगमनकारी कथित राजावादीका भरौटे, दलालहरुद्वारा गरिएको हमलाप्रति घोर भत्सर्ना र निन्दा गर्दछौं । घोर दक्षिणपन्थी, पुनराउत्थानवादी, राजावादी भरौटे तत्वहरुवाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौति दिन्छु । एउटा राष्ट्रवादी, विकाशप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल वनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस/दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।
प्रतिक्रिया दिनुहोस्