जनता टाइम्स

९ कार्तिक २०८०, बिहीबार ०७:३७

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं, कात्तिक ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ४१ पैसा र बिक्री दर १४१ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।